काठमाडौं,२,माघ

सरकारले गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका जिल्लामा परिचयपत्र वितरण गरेको छ । "/>

सरकारद्धारा गरिबी परिचयपत्र वितरण शुरु

सरकारद्धारा गरिबी परिचयपत्र वितरण शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२,माघ

सरकारले गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका जिल्लामा परिचयपत्र वितरण गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लाका पाँच जिल्लाका पाँच स्थानीय तहमा पहिलो चरणमा परिचयपत्र वितरण गरेको हो ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले पहिलो चरणमा सिरहा, सिन्धुली, बाग्लुङ, कैलाली र बाजुरा जिल्लाका गरिब घरपरिवारलाई परिचयपत्र वितरण गरेको जनाएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्माण गरेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरिब घर परिवार पहिचान सर्वेक्षण २०७० मा आधारित पीटीएम विधिबाट गरिब पहिचान भएका घरपरिवारको विवरण सार्वजनिक गरेको थियो । पहिलो चरणमा पाँच जिल्लाका सबैभन्दा बढी गरिबीको रेखामुनि रहेको स्थानीय तहमा गरिब परिचपत्र वितरण गरेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका निर्देशक रामहरी गैरेले बताए । उनले सिरहाको भगवानपुर गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, बाग्लुङको निसिखोला गाउँपालिका, बाजुराको हिमाली गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकामा परिचयपत्र वितरण भइरहेको जानकारी दिए । सिराहाको भगवानपुर गाउँपालिकामा ६० प्रतिशत गरिबीको रेखामुनि रहेका छन् । तीन हजार ६१३ घरपरिवारमा एक हजार घरपरिवार अति, ५३६ घरपरिवार मध्यम र ३०२ घरपरिवार सामान्य गरिब रहेका छन् ।

त्यस्तै सिन्धुलीको मरिण गाउँपालिकामा ६४ दशमलव नौ प्रतिशत गरिबीको रेखामुनि रहेका छन् । चार हजार ४३१ घरपरिवारमा एक हजार दुई सय ७२ घरपरिवार अति, ६९५ घरपरिवार मध्यम र ४१९ घरपरिवार सामान्य गरिब रहेका छन् भने बाग्लुङको निसिखोला गाउँपालिकामा ४८ दशमलव आठ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेका छन् । चार हजार २९९ घरपरिवारमा आठ सय ९७ घरपरिवार अति, चार सय आठ घरपरिवार मध्यम र दुई सय ५८ घरपरिवार सामान्य गरिब रहेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले जनाएको छ । बाजुराको हिमाली गाउँपालिकामा नेपालको नै सबैभन्दा बढी गरिब घरपरिवार रहेका छन् । हिमानी गाउँपालिकामा ८३ दशमलव सात प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेका छन् । एक हजार छ सय ९७ घरपरिवारमा ६४५ घरपरिवार अति, तीन सय ८२ घरपरिवार मध्यम र दुई सय ३८ घरपरिवार सामान्य गरिब रहेका छन् भने कैलालीको मोहन्याल गाउँपालिकामा ७१ दशमलव छ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेका छन् । तीन हजार सात सय ४२ घरपरिवारमा एक हजार पाँच सय ३९ घरपरिवार अति, पाँच सय ४४ घरपरिवार मध्यम र तीन सय तीन घरपरिवार सामान्य गरिब रहेका छन् ।

आर्थिक दैनिकबाट

Logo