काठमाडौँ,३०,पुस
सरकारले कर्मचारी समायोजन ऐन ०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष कटाएका सबै कर्मचारीलाई स्वेच्छिक अवकाशमा सहभागी हुन आह्वान गर्दै त्यसका लागि निश्चित सर्त र मापदण्ड बनाएको छ । "/>

सरकारी कर्मचारीको स्वेच्छिक अवकाशको लागि बाटो खुल्यो

सरकारी कर्मचारीको स्वेच्छिक अवकाशको लागि बाटो खुल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,३०,पुस
सरकारले कर्मचारी समायोजन ऐन ०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष कटाएका सबै कर्मचारीलाई स्वेच्छिक अवकाशमा सहभागी हुन आह्वान गर्दै त्यसका लागि निश्चित सर्त र मापदण्ड बनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले शुक्रबारै राजपत्रमा सूचना प्रकाशन गर्दै कर्मचारी स्वेच्छिक अवकाश सम्बन्धी मापदण्ड बनाएको हो । सो मापदण्ड अनुसार स्वेच्छिक अवकाशका लागि निजामती सेवा ऐन ०४९, नेपाल स्वास्थ्य सेवा ऐन ०५३ र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन ०६४ बमोजिम सेवामा कार्यरत कर्मचारीहरू सहभागी हुन पाउने छन्।

सरकारले बनाएको नियमअनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दिइसकेपछि कर्मचारीले अवकाश प्रक्रियाबाट फिर्ता हुन पाउने छैनन् भने निलम्बनमा परेका, सरकारको स्वीकृतिमा अध्ययन बिदामा रहेका, सरकारको मनोनयनमा अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएका कर्मचारीले प्रचलित कानुन बमोजिम त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि गर्नु पर्ने न्यूनतम सेवा अवधि पूरा नगरेका कुनै पनि कर्मचारी यस कार्यक्रममा सहभागी हुन नपाउने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।
अन्नपूर्णबाट

Logo