मानव अंग प्रत्यारोपण केन्द्र बचाउन आन्दोलन गर्न नपरोस्- सांसद बस्नेत

मानव अंग प्रत्यारोपण केन्द्र बचाउन आन्दोलन गर्न नपरोस्- सांसद बस्नेत

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संबाददाता 

भक्तपुर, २९ पुस । भक्तपुर २ बाट नवनिर्वाचित सांसद महेश बस्नेतले मानव अंग प्रत्यारोण केन्द्र सखाप पार्ने किसिमले आन्दोलन थालिएको भन्दैं त्यसलाई फिर्ता लिन आग्रह गरेका छन् । एक कार्यक्रम बोल्दैं बस्नेतले आन्दोलन तत्काल फिर्ता नलिए मानव अंग प्रत्यारोण केन्द्र बचाउ आन्दोलन थाल्ने उद्घोष गरे ।

‘भक्तपुरको जनप्रतिनिधीका हैशियतले म मानव अंग प्रत्यारोपण केन्द्रसँग सम्बन्धित विषयमा भइरहेको आन्दोलन नेपाल नर्सिङ एसोसिएसनलाई तत्काल फिर्ता लिनका लागि आग्रह गर्न चाहन्छु । सरकार र अन्य पक्षसँग वार्ता गर्नुपर्ने कुराको मध्यस्तता गर्न तयार छु,’ एमालेका युवा नेता समेत रहिसकेका पूर्वमन्त्री बस्नेतले भने, ‘तर, आन्दोलनका नाममा जुन मुलुक नयाँ म्याडेण्टअनुसार सरकार बनाउने दिशामा र समृद्धिको दिशामा जान खोज्दैं गर्दा नर्सिङ एशोसियसनले चुनावको आसन्न चुनावमा एजेण्डा बनाउनका लागि जे काम गर्दैछ त्यो एकदमै बेठीक हो ।’

उनले पीडित विरामी र भक्तपुरवासीले आन्दोलन फिर्ता नगरे अर्को आन्दोलन गर्ने तयारी गरेको आफूले सुनिरहेको बताउँदैं त्यसलाई साथ दिदैं मानव अंग प्रत्यारोण केन्द्र बचाउ आन्दोलन चलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए । बस्नेतले भक्तपुरमा राम्रो जनशक्ति निर्माण गर्ने तीन वटा स्वास्थ्य संस्थाहरु मानव अंग प्रत्यारोपण केन्द्र, क्यानसर हस्पिटल र टिभी हस्पिटल भक्तपुर, सिंगो देशको मात्रै नभई विदेशको पनि सेवा गरिरहेको उल्लेख गरे ।

उनले डा. पुकारचन्द्र श्रेष्ठलगायत मानव अंग प्रत्यारोपण केन्द्रलाई राम्रो बनाउन लागिरहेको टिमका विरुद्ध अनेक स्वार्थका कारणले जबरजस्त आन्दोलनको नाटक मञ्चन भइरहेको बताए । ‘जसरी भगवान कोइरालाको अगुवाईमा गंगालाल हृद्धयरोग केन्द्र अगाडि बढ्यो, डा. पुकारचन्द्र श्रेष्ठको अगुवाईमा मानव अंग प्रत्यारोपण केन्द्र त्यसरी नै नमुना संस्था रुपमा अगाडि बढिरहेको छ,’ उनले थपे ।

बस्नेतले आफूहरुले भक्तपुरको मात्रै होइन्, अन्तर्राष्ट्रियस्तरमै मानव अंग प्रत्यारोपण केन्द्रलाई नमुना स्वास्थ्य संस्थाका रुपमा विकास गर्न चाहेको उल्लेख गरे ।

Logo