डा. गोविन्द केसीले आज अनसन तोड्ने

डा. गोविन्द केसीले आज अनसन तोड्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस । गत सोमबारदेखि अनसनरत डा. गोविन्द केसीले शनिबार अनशन तोड्ने भएका छन् । सरकारसँग पाँच बुँदे सहमति भएपछि डा. केसीले अनशन तोड्न लागेका हुन् ।

शुक्रबार बेलुका शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति एक हप्ताभित्र गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिविका कुलपतिले जटिसक्दो छिटो कदम चाल्ने लगायत पाँच बुँदे सहमति भएपछि डा. केसी अनशन तोड्न सहमत भएको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा. केसीलाई पक्राउ गरि अदालतमा उपस्थित गराइएको थियो ।

Logo