जनकपुरधाम,२८,पुस
नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमा स्तम्भ मध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो। "/>

५० प्रतिशत सीमा स्तम्भ हराए

५० प्रतिशत सीमा स्तम्भ हराए

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम,२८,पुस
नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमा स्तम्भ मध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो।

सर्वेक्षणको प्रारम्भीक अनुगमनका क्रममा सिमानामा रहेका पिलर मध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा रहेको पाइएको छ । सप्तरीको कोशी नदी देखि रौतहट जिल्ला सम्म दुई हजार दुई सय ७० वटा ठूला, साना र मझौला पिलर गाडिएका थिए । तर सर्वेक्षणका क्रममा ५० प्रतिशत पिलर नभेटिएको र २० प्रतिशत जिर्ण रहेको नापी विभाग काठमाडौंका सर्वेक्षक रञ्जन ढुंगानाले जानकारी दिए।

सप्तरी देखि धनुषा सम्म गाडिएका १५ सय २९ पिलर मध्ये जंगी, प्रमुख, मझौला, साना, सवसिडरी र आईरन पिलर छन्। सर्वेक्षणमा जंगी पिलर १० देखि १५ वटा सम्म मात्र भेटिएका छन्। सीमामा रहेको दशगजा क्षेत्रमा मुसहर तथा विभिन्न जातिको बसोबास भएपछि पिलरहरू भाँचिएको र कतिपय उपयोग विहिन भएको भारतको तर्फबाट नापी विभागका सर्वेक्षक धनसिंह अश्वालले बताए।
अन्नपूर्णबाट

Logo