काठमाडौं,२७, पुस

 

निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । "/>

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७, पुस

 

निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा बसेको बैठकले कार्यतालिका सार्वजनिक गरेको हो । माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन तय भइसकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ६ को उपदफा (१) र (२) मा निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्ने, निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने मिति, समय र स्थानसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । निर्वाचनमा गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने देहाय बमोजिम आठ जना सदस्य निर्वाचित हुनेछन् , (क) महिला तीन जना, (ख) दलित एक जना, (ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना,(घ) अन्य तीन जना निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मिति १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान सञ्चालन गर्ने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका तयार गरिएको छ ।

 

Logo