काठमाडौं,२७, पुस
अदालत र न्यायायाधीशको अवहेलना अभियोगमा पक्राउ गरी मुद्दा चलाइएको डा.गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारिखमा रिहा गरेको छ। "/>

सर्वोच्चबाट रिहा भए लगत्तै डा. केसी फेरि अनसनमा

सर्वोच्चबाट रिहा भए लगत्तै डा. केसी फेरि अनसनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७, पुस
अदालत र न्यायायाधीशको अवहेलना अभियोगमा पक्राउ गरी मुद्दा चलाइएको डा.गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारिखमा रिहा गरेको छ। रिहा भए लगत्तै प्रधान न्यायाधीशको राजीनामा माग गर्दै डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन सुरु गरेका छन्। केसी विरुद्धको मुद्दामा भएको सुनुवाइपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीले बयानका क्रममा ‘अदालत र न्यायाधीशप्रति सम्मान रहेको’ भनार्इ राखेको भन्दै तत्कालका लागि साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

रिहाईपछि डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामाको माग सहित पुनः त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह सुरु गरेका हुन्। सर्वोच्चले केसीको माग अनुरुप प्रधानन्यायाधीश पराजुलीको नामको नागरिकताको प्रतिलिपी काठमाडौं जिल्ला प्रसासन कार्यालयबाट र शैक्षिक योग्यताका प्रमाणपत्र न्यायपरिषदबाट झिकाउनसमेत आदेश दिएको छ। केसीको अभियोगमा बुधबार दिनभर भएको दुई पक्षीय बहसपछि संयुक्त इजलासले केसीको स्वास्थ्य अवस्था समेतलाई विचार गरी उनका कानुन व्यवसायी डा.सुरेन्द्र भण्डारीको जिम्मा छाड्न आदेश दिएको हो।
अन्नपूर्णबाट

Logo