काठमाडौंका विभिन्न क्षेत्रहरुमा माघ २ गतेबाट ठूला सवारी प्रवेश निषेध गरिएको घोषणा गरिएको छ । काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेधको घोषणा भएको हो ।
ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ । माघ २ गतेबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।
नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फि गरिएको छ ।
दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्हरीले जनाएको छ ।
भित्री शहरमा सवारीको चापले परेको असरहरु कम गर्न चारपांग्रे गुडाउन लगाउन लागिएको काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । आज पत्रकार सम्मेलन नै आयोजना गरेर यो जानकारी दिइएको हो ।































प्रतिक्रिया