यौन दुराचारको आरोपमा सेनाका मेजर प्रहरी फन्दामा

यौन दुराचारको आरोपमा सेनाका मेजर प्रहरी फन्दामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ पुस ।

प्रहरीले एक बालिकालाई यौन दुराचार गरेको अभियोगमा नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेजर प्रभवविक्रम शाह रहेका छन् । उनले आफन्तको घरमा एक बालिकालाई अप्राकृतिक यौन गतिविधि गराएको भन्दै पीडितको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार पक्राउ परेका शाहलाई जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धानअघि बढाइएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रवी पौडेलले दिएको जानकारी अनुसार उनि २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन्।

Logo