काठमाडौं,२६,पुस
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराइका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन न्यानो कपडा खरिदका लागि रकम उपलब्ध गराउन गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपियाँको अख्तियारी दिएको छ ।
गत साउनको अन्तिम साता आएको बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय १२ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपियाँ वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया