रोल्पा दुर्घटनाः २० जना नागरिकको मृत्यु हुँदा पनि बोलेन बालेन सरकार

रोल्पा दुर्घटनाः २० जना नागरिकको मृत्यु हुँदा पनि बोलेन बालेन सरकार

केन्द्रबिन्दु
237
Shares

काठमाडौँ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा २० जनाको ज्यान गएको आज तीन दिन भएको छ । तीन दिन बित्दा समेत राज्यको आधिकारी निकाय र  सरकारको तर्फबाट घटनाबारे शोकका वक्तव्यसमेत ननिकालिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

बिहीबार उक्त दुर्घटना रोल्पा जिल्ला, थवाङ–१ को भिरालो क्षेत्रमा भएको हो। लु १ ज ४१६७ नम्बरको जिप करिब ७००–८०० मिटर गहिरो भीरमा खस्दा ठुलो मानवीय क्षति भएको  थियो । घटनापछि उद्धार कार्यमा सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय भए पनि दुर्गम भौगोलिक अवस्था जटिल हुँदा चुनौतीपूर्ण बनेको थियो। करिब ५ सय मिटर तल भीरमा खसेको जिपबाट शव निकाल्न सुरक्षाकर्मीले ठुलै मिहिनेत गर्नुपरेको थियो । 

घटना भएको भोली पल्ट बिहान करिब ९ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दुःख व्यक्त गर्दै संक्षिप्त श्रद्धाञ्जली सन्देश सार्वजनिक गरे भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सर्वसाधारण परेको उक्त घटनामा शोक समवेदना वक्तव्य दिएका थिए ।

यता रास्वपाले घटनाको तीन दिनपछि शनिवार मात्रै विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उसले सडक सुरक्षामा सुधार आवश्यक रहेको औँल्याएको छ। पार्टीले यस्ता दुर्घटना दोहोरिन नदिन नीतिगत सुधार, कडा कार्यान्वयन र पूर्वाधार विकासमा जोड दिएको छ।

हरेक घटनामा अपडेट रहने काँग्रेस सभापति गगन थापा र नेपाली काँग्रेसले पनि हालसम्म कुनै शोक वक्तव्य सार्वजनिक गरेकाे छैन ।

Logo