काठमाडौं,२५,पुस
केन्द्रविन्दु समाचारदाता
हिजो सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका डा.गोविन्द केसीले आफू यसबाट अलिकति पनि विचलित नहुने बताएका छन् । “म न्यायपालिका र सर्वोच्च अदालतलाई कदर गर्छु । त्यहाँ काम गर्ने र सहि न्याय सम्पादन गर्ने न्यायधिसको सम्मान पनि गर्छु तर मुख्य नेतृत्व गर्ने मान्छेले न्याय विक्रि गरेर भुँडी भर्छ भने त्यो अपराध हो । त्यसको के मान हुन्छ र मान हानी हुने ? अपराधीको विरोध गर्दा कसरी उसको मान हानी हुन्छ ?” उनले आक्रोसित हुँदै भने । ‘म १३ पटक मृत्युलाई जितेर अनसन बसेको मान्छे पक्राउ पर्दैमा डराउँदिन । बरु खुशि छु , अझै सेवा गर्ने अवसर पाउँछु । म १४ औं पटक जेलमै अनसन बस्छु । जब सम्म प्रधानन्यायाधिस गोपाल पराजुलीलाई हटाईंदैन तव सम्म मेरो आन्दोलन रोकिंदैन । जहाँ लैजान्छन् त्यहिं आन्दोलन गर्छु ।’
केसीले यस अघि मेडिकल शिक्षाको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका थिए । यसपटक प्रधानन्यायाधीशको राजीनामा मागेर अनसन सुरु गरे लगत्तै उनी विरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दा दायर भयो । लगत्तै मुद्दाको सुनुवाइ भए पछि उनी पक्राउ परेका छन् । पक्राउ पछि उनको यस्तो प्रतिक्रिया आएको हो । यसैबीच डा.केसी आन्दोलनका समर्थकहरुले मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्ती जारी गरी अस्पताल परिसरबाटै डा.केसीको गिरफ्तारी भएकोमा दुःख व्यक्त गर्दै उनको तत्काल रिहाईको माग गरेका छन् ।































प्रतिक्रिया