काठमाडौं,२५,पुस
कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले कानुनी रुपमा सरकारले प्रदेश राजधानी तोक्न नमिल्ने बताएका छन् । मन्त्री थापाले संविधानमा प्रदेश राजधानी तोक्ने अधिकार प्रदेश सभामा रहेकाले सरकारले प्रदेशको राजधानी तोक्न नमिल्ने बताए । उनले भने– ‘प्रदेश राजधानी अस्थायी र स्थायी हुँदैन, संविधानको धारा २८८ को उपधारा २ को ‘ख’ले कुनै पनि प्रदेशको राजधानी प्रदेश सभाको दुई तिहाई बहुमतले तोक्नेछ भन्ने व्यवस्था गरेका कारण यो सरकारले प्रदेश राजधानी तोक्न मिल्दैन’ ।
यसअघि सरकारले कानुनको अध्ययन नगरी नजानेर प्रदेश प्रमुख र राजधानी एकैपटक तोक्ने भनेर भनिएको कुरामा गल्ती भएको मन्त्री थापाले स्वीकारे । कुराकानीमा मन्त्री थापाले भने, हाम्रो बुझाईमा गल्ती भयो, सरकारले अस्थायी राजधानी तोक्न नपाउने नियम संविधानमा रहेछ।’
नागरिकबाट





























प्रतिक्रिया