डोटी ,२५,पुस

राजधानीको माग राख्दै गरिएको बन्दले डोटीको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । "/>

लगातारको बन्दले डोटीको जनजीवन अस्तव्यस्त

लगातारको बन्दले डोटीको जनजीवन अस्तव्यस्त

केन्द्रबिन्दु
0
Shares

डोटी ,२५,पुस

राजधानीको माग राख्दै गरिएको बन्दले डोटीको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । लगातार ७ दिन देखिको आमहड्तालले गर्दा जनजीवन प्रभावित बनेको हो । प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायलमा कायम गरिनु पर्ने माग राख्दै उद्योग बाणिज्य संघको नेतृत्वमा आन्दोलन गरिएको छ । बजार समेत पूर्णरुपमा बन्द गरिएको छ । आन्दोलन दिन प्रति दिन शसक्त बन्दै गएको छ ।

डोटीमा क्रियाशील राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सम्पूर्ण निकायको सहभागीतामा दिन प्रतिदिन आन्दोलन चर्किदै गएको हो। लगातारको आन्दोलनले यातायात पूर्णरुपमा बन्द रहेका छन् भने डोटी हुँदै अछाम, बाजुरा लगायतका जिल्लामा जाने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । डडेल्धुरा र डोटीको सिमानामा कैलालीबाट आएका सवारी साधन तथा यात्रुको चाप समेत बढ्दै गएको छ। ‘लगातारको बन्दले गर्दा होटल पनि बन्द गर्नु पर्ने अवस्था आएको छ।’, होटल संचालक सिद्धराज जोशीले भने, ‘बजार खुल्दैन, साँझ बिहान खुलेपनि तरकारी देखि अन्य खाद्यान्नका सामान पाइदैनन्।’ ‘होटलमा ग्राहकहरु आउँछन् तर फर्केर गइरहेका छन्’, उनले भने।

अन्नपूर्णबाट

Logo