काठमाडौं,२४,पुस
माओवादी केन्द्रले पार्टीका नेता कार्यकर्ताको अद्यावधिक तथ्यांक राख्न सुरु गरेको छ । पार्र्टीको सर्वोच्च निकाय हेर्डक्वार्टर देखि स्थानीय गाउँ कमिटी सम्म एकताका नाममा भद्रगोल हुन थालेकाले नेता कार्यकर्ता र संगठनको अवस्था अद्यावधिक तथ्यांक राख्न थालिएको हो। संगठन विभाग प्रमुख रामबहादुर थापा बादल नेतृत्वको समितिले अहिले संगठनात्मक व्यवस्थापनका लागि तथ्यांक अद्यावधिक गर्न थालेको माओवादीले जनाएको छ । १९ पुसमा माओवादी केन्द्रको हेडक्वार्टरको विस्तारित बैठकले संगठनात्मक व्यवस्थापन गर्न नेता थापाको संयोजकत्वमा संगठन व्यवस्थापन समिति गठन गरेको थियो ।
समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर सदस्य छन् । समितिको आइतबार बसेको बैठकले सात वटै प्रदेशबाट तथ्यांक संकलन गर्न नेताहरूको कार्य विभाजन गरेको छ । समितिले केन्द्र देखि स्थानीय सम्म कमिटीको आकार , नेता कार्यकर्ताको जिम्मेवारी, दोहोरो भूमिका लगायत सबै तथ्यांक संकलन गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउने छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया