चितवन, पुस, २४
एक साता देखि बढेको चिसोका कारण चितवन लगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । "/>

चिसोले जनजीवन प्रभावितः उडान सेवा पनि अवरुद्ध

चिसोले जनजीवन प्रभावितः उडान सेवा पनि अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

चितवन, पुस, २४
एक साता देखि बढेको चिसोका कारण चितवन लगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार र आइतबार जिल्लाबाट काठमाडौँ र पोखराको उडान समेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । अहिले १२ बजे सम्म कुनै पनि उडान हुन सकेको छैन । भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम हिजो बिहान समेत ७ डिग्री यथावत् थियो । आइतबार १० बजेको तापक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।

गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेस्रोे) भिजिविलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो र ३०० मिटर ठाडो मात्रै भिजिविलिटी रहेको गौतमले बताए । भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ । बुद्धले काठमाडौँ, भरतपुर छ देखि सात वटा सम्म उडान भर्छ । केही महिना देखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ ।
रासस

Logo