चलचित्र ‘कान्छी’ले पत्रकार जमघट मार्फत हालै गीत रिलिज गरेको छ । यसै फिल्मकी नायिका श्वेता खड्काले कान्छीको दोस्रो गीत रिलिज गरेकी हुन् । अर्जुन पोखरेलको सङ्गीत तथा दयाराम पाण्डेको शब्द रहेको ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’ बोलको गीतको भिडियोमा धमेन्द्र सेवनको स्वर रहेको छ ।
वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा श्वेता सहित अभिनेता दयाहाङ राई, नायिका अनु शाह र कलाकारहरू कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठको नृत्य रहेको छ । आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ आउँदो फागुन ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।





























प्रतिक्रिया