काठमाडौं,२३,पुस
स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरूले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् । मुलुकको सुरक्षाको सबै अभिभारा सिंहदरबारमै केन्द्रित छ । तर सम्पूर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफैँ अस्तव्यस्त छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्रकै अवस्था अति दुर्गम र पिछडिएको क्षेत्र जस्तो छ । सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले बिजुली बत्तीको समेत अभाव झेल्दै आएको छ ।
सिंहदरबार प्रवेश गर्ने दक्षिण मोहडा स्थित मुख्य ढोकामा अझै पनि परम्परागत तरिकाले नै सुरक्षा चेकजाँच हुन्छ । सुरक्षाकर्मीले परिचयपत्र बाहेक अन्य चेक गर्दैनन् । ‘अन्य मुलुकका सामान्य कार्यालय प्रवेश गरिँदा सुरक्षा चेकजाँचमा कुनै सम्झौता हुँदैन । सिंहदरबारभित्र प्रवेश गर्नेलाई जाँच गर्दा दिनहुँ अनामनगर देखि हनुमानथान सम्म ट्राफिक जाम हुने गर्छ । सिंहदरबार भित्र करिब सात हजार कर्मचारी कार्यरत छन् । ती सबै १० बजे कार्यालय आउने र साँझ ५ बजे घर फर्कन्छन् । यो समयमा सधैँ ट्राफिक जाम हुने गर्छ ।
सिंहदरबार भित्र एक सय ५५ वटा बिजुलीका पोल गाडिएका छन्, सबैमा बल्ब जडान गरिएको छ । तर ४२ पोलका बत्ती मात्रै बल्छन् । सिंहदरबार भित्रका मुख्य सडकमा मात्रै बत्ती छ । बिजुली नबलेपछि सुरक्षा निगरानीका लागि जडान गरिएका सिसिटिभी पनि प्रयोजनविहीन भएका छन् । सिंहदरबारभित्र १९ ठाउँमा सिसिटिभी जडान गरिएका छन् । त्यस मध्ये १६ वटाले मात्रै काम गर्छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया