सन्दिप वैश्य
काठमाडौँ, २२ पुस ।
बधाई छ । तपार्इं भाग्यशाली हुनुहुँदो रहेछ । तपाईलाई चिठ्ठा उपहार (लट्री) पर्यो । २५ लाख रुपैयाँ लट्री पर्यो । लट्रीको रकम पाउनको लागि तपाई आफ्नो नागरिकता लगायतको आवश्यक कागजात स्क्यान गरेर पठाउनु पर्छ ।
यो सम्बाद ईमो भाईबर र फोनकलमा प्रायः सुनिने गर्दछ । विदेशी नम्बरहरुबाट यसरी सोझा नेपालीलाई रिझाउन नाना थरी उपाय अपनाउने गरेका छन् ।
उनीहरु तपाईको लट्रीको रकम पठाउनको लागि नगरिकता नम्बरको आवश्यकता पर्छ त्यसैले नागरिकताको स्क्यान कपी जति छिटो पठाईयो त्यति नैै चाँडो तपाईको रकम आईएमई मार्र्फत आउछ जस्ता कुराहरु फेक कल फोनकर्ताले गर्ने गरेका छन् ।
विदेशबाट इमो, भाईबर वा सिधै मोबाईल नम्बरमा अहिले धेरै नेपालीहरुलाई फोन आउने गरेको छ । अहिले नेपालमा भारत, पाकिस्तान लगायतको देशबाट यस्तो लट्रीको बहानामा ठग्ने फेक कल आउने गरेको छ ।
यस्तै काठमाडौंको एक सञ्चार माध्यममा आवद्ध पत्रकार पंकज क्षेत्रीलाई केही दिन अघि यस्तै अवैध कलले सतायो । उनको इमोमा फोन आयो र सिधै २५ लाखको लट्रि पर्यो भन्दै पैसा निकाल्नका लागी तरिकाहरु बताउन थाल्यो । पत्रकार क्षेत्रि भन्छन्, नम्बर चेक गर्दा पाकिस्तानको देखाउँछ । एउटा फोन गरेर लट्रि नम्बर ४ अंकको कोड दियो अनि फोन गर्नु भनेर अर्को नम्बर दियो ।
करिब १५ मिनेटसम्म पनि फोन नगर्दा फेरी त्यही व्यक्तिले फोन गरेर छिटो गर्नुहोस् आजै पैसा लिइसक्नुपर्छ भन्ने जस्ता कुराहरु गर्न थाल्यो पत्रकार क्षेत्रीले भने ।
उनले फोन आएपछि फोन गर्ने ब्यक्तिले तपाईलाई २५ लाखकोे लट्री प¥यो यो पैसा लिनको लागी नागरिकता, लाईसेन्स लगायत कुनै पनि प्रमाणको स्कायन कपी पठाउनु पर्छ । सोही प्रमाणको आधारमा यहाँबाट आईएमईमार्फत पैसा पठाईन्छ फोन गर्ने ब्यक्तिले भनेको पत्रकार क्षेत्रीले बताए । उनले यो फोन ठगिने उद्देश्यले आएको थाहा पाएपछि रेकर्ड समेत गरेका थिए ।
त्यसैगरि यस्तै फेक फोन कल झापाको मन्टु मित्रुकालाई पनि आएको छ । गत साता अचानक उनलाई २५ लाखकोे लट्री प¥यो भनेर भाईबरद्धारा नम्बर नदेखिने गरी कल आयो । कल आएपछि कल गर्ने ब्यक्तिले २५ लाख रुपैयाँको लट्री प¥यो भनेर मलाई जनता बैंकको मैनेजरको सम्पर्क नम्बर दिएर पैसा लिन जानु भनेर भनेको मित्रुकाले केन्द्र विन्दुु डटकमलाई बताए ।
उनले उल्लेखित नम्मबर भाईबरमा सर्च गरेपछि जनता बैंक मैनेजर लेखेको देखाएको बताए । उनले कल गर्ने ब्यक्तिले जनता बैंकको मैनेजरको मोबाईल नम्बर ९८२६४५८०२७ हो भनेर दिएको समेत बताए । यो नम्बरमा फोन गरेर पैसा लिन जानु भनेर कल गर्ने ब्यक्तिले भनेको मित्रुकाले बताए । उनले त्यही नम्मबरमा भाईबरद्धारा सन्देश लेख्दै यस्तो कार्य तपाईहरुले बन्द गर्नु पर्छ भनेर लेखेका थिए ।
यस विषयमा जनता बैंकसंग बुझ्दा बैंकले यो फेक भाईबर, इमो कल सोझ साँझा नेपालीहरु जनताहरुलाई ठगिने उद्देश्यले आउने गरेको छ । यसमा हाम्रो कुनै पनि संलग्नता नरहेको बैंकका सूचना अधिकारी प्रमोद बोहराले बताए । उनले यो फेक भाईबर, इमो कलको पछाडी नलाग्नको लागि पत्रिकामा सूचना समेत प्रकाशित गरिएको बताए ।
उनले जो कोही पनि जनता बैंकको फोटो तथा नाम प्रयोग गरेको छ त्यसको विरुद्ध सिआईबी उजुरी समेत गरेको बताए । चालु आर्थिक बर्षको ५ महिना भित्र ४० देखि ४५ वटा फेक कल बाट ठगीएको उजुरी परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । परेको उजुरी मध्ये २५ वटा उजुरीकोे छिनोफानो भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पनि ठगीका उजुरी दिनमा २/३ परेको रहेको छ ।





























प्रतिक्रिया