काठमाडौं ।
संसदको तेस्रो ठूलो दल नेकपा (एमाले) संसदीय दलमा नेता र उपनेता दुवै पदमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूले जिम्मेवारी पाएका छन्।
एमाले संसदीय दलको नेतामा गत चैत १९ गते पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएका थिए भने उपनेतामा पार्टी सचिव पद्मा कुमारी अर्याल लाई आज नियुक्त गरिएको छ। एमाले प्रतिनिधिसभा संसदीय दलले अर्याललाई दलको उपनेता चयन गरेको हो।
उपाध्यक्ष थापा समानुपातिक सूचीबाट सांसद बनेका हुन् भने एमाले केन्द्रीय कमिटी सचिवसमेत रहेकी पूर्वमन्त्री अर्याल पनि समानुपातिक कोटाबाट सांसद बनेकी हुन्। थापा माओवादी केन्द्रको सैन्य कमाण्डर र नेपाल सरकारको पूर्वउपप्रधानमन्त्री समेत हुन ।































