प्रतिनिधि सभा सचिवबाट हर्कराज राई पदमुक्त

प्रतिनिधि सभा सचिवबाट हर्कराज राई पदमुक्त

केन्द्रबिन्दु
1.55k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधि सभा सचिवबाट हर्कराज राईलाई हटाइएको हुन । राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

यसअघिका सभामुख देवराज घिमिरेले राईलाई सचिव नियुक्ति सिफारिस गरेका थिए। राईलाई सचिवबाट हटाउन सभामुख अर्यालले स्पष्टीकरण सोधेका थिए। अब नयाँ सचिव नियुक्तिका लागि सिफारिस गर्न बाटो खुल्नेछ।

Logo