काठमाडौं,२०,पुस
युवा विद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन् । "/>

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२०,पुस
युवा विद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।प्रदर्शनीमार्ग स्थित रत्न राज्य क्याम्पस अगाडिबाट निकालिएको जुलुस प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार हुँदै रत्नपार्क पुगेर समापन भएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए।

प्रदर्शनीमा ‘पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता गर’, ‘अविलम्ब प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक गर’, जस्ता नारा लगाइएको थियो । यसै बीच युवा विद्यार्थी संगठनको हिजो बसेको बैठकले मूल्यवृद्धि फिर्ताको माग गर्दै आज र भोली निगम घेराउ तथा मत परिणाम सार्वजनिक गर्न माग गर्दै सडक बहस गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव पराजुलीले बताए । मत परिणाम र मूल्यवृद्धि फिर्ता नभए सम्म आन्दोलन जारी राख्ने पनि उनले बताए।
नागरिकबाट

Logo