काठमाडौं,१९,पुस
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूले निक्षेप संकलनको तुलनामा बढी कर्जा प्रवाह गर्दा वित्तीय क्षेत्रमा तरलता संकट देखिएको बताएका छन् । उनले निक्षेप भन्दा बढी कर्जा प्रवाह नगर्न बैंकहरूलाई चेतावनी समेत दिए । ग्लोबल आईएमई बैंकको कमलादीस्थित नयाँ कर्पोरेट उद्घाटनपछि आयोजित समारोहमा गभर्नर नेपाल निकै कडा रूपमा प्रस्तुत भए ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उद्योगी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको समारोहमा उनले बैंकरहरूलाई लक्षित गर्दै भने, “तपाइँहरूले सञ्चालकलाई खुसी पार्न खोज्दा समस्या देखिएको हो, अझै मनपरी गर्न थाल्नुभयो भने कडा भन्दा कडा एक्सन लिनेछु, अब नो एक्सक्युज ” गभर्नरले चालू आर्थिक वर्षको चार महिनामा १ खर्ब ६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब रूपैयाँ लगानी गरेका कारण ‘क्रेडिट क्रञ्च’ को अवस्था आएको तथ्यांक प्रस्तुत गरे ।
कारोबारबाट





























प्रतिक्रिया