काठमाडौं,१९,पुस
काठमाडौं उपत्यकामा सञ्चालित झन्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो । "/>

उपत्यकामा चल्ने ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

उपत्यकामा चल्ने ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,पुस
काठमाडौं उपत्यकामा सञ्चालित झन्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो । प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागको संयुक्त टोलीले उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण जाँच गरेको थियो । २९४ गाडीको प्रदूषण जाँच गर्दा १ सय ३४ वटा मापदण्ड भित्र परेनन् । टोलीले पुस १३, १४, १५ र १८ गते भद्रकाली, कमलपोखरी, दरबारमार्ग, नक्साल लगायत स्थानमा सवारी साधनको छड्के प्रदूषण जाँच गरेको थियो ।
‘हामीले सवारी साधन प्रदूषण जाँच अभियान थालेका छौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी तथा प्रवक्ता उमेश रञ्जितकारले भने, ‘प्रदूषण जाँचक्रममा झन्डै आधा सवारी साधन फेल भए ।’ उनका अनुसार महाशाखाले संयुक्त टोली बन्नु अघि असोज ३१ गतेबाटै सवारी साधन प्रदूषण जाँच अभियान थालेको थियो । महाशाखाको टोलीले पनि प्रदूषण जाँच गरिएका सवारी साधन मध्ये आधाजति फेल भएको पाएको थियो । ‘उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण मापन गरिएका मध्ये आधाको हाराहारीमा मापदण्ड पूरा गर्न फेल भएको पाएका छौं,’ उनले भने, ‘यो नतिजाले उपत्यकामा चल्ने झन्डै आधा गाडी प्रदूषण मापदण्ड बाहिर रहेको देखाउँछ ।’
नागरिकबाट

Logo