अब दर्ता गरेर मात्रै कुकुर पाल्नु पर्ने !

अब दर्ता गरेर मात्रै कुकुर पाल्नु पर्ने !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १४ पुस ।

छाडा कुकुरले हैरान बनाएपछि जुम्लाको चन्दननाथ नगरपालिकाले आफ्नो कुकुर दर्ता गर्न सुचना जारी गरेको छ । छाडा कुकुरले मानिसलाई टोकी घाईते बनाउने तथा पशुपंक्षीलाई टोकी मार्ने क्रम बढ्दै गएको भन्दै नगरपालिकाले अनिवार्यरुपमा कुकुर दर्ता गर्न आग्रह गरेको हो ।  

नगरपालिकाले १५ दिनभित्र आफ्नो वडामा कुकुर दर्ता गरिसक्न कुकुर धनीहरुलाई निर्देशन दिएको छ । कुकुर दर्ता गराउन  ५ सय रुपैयाँ शुल्क लाग्ने छ । समय सिमा भित्र दर्ता नगरिएमा दोब्बर दस्तुर लाग्ने र नगरपालिकाको कुनैपनि सिफारिसबाट बञ्चित गराउन सक्ने जनाएको छ ।

Logo