अर्घाखाँची, १४ पुस ।
स्थानीय तहको निर्वाचनमा एमालेका विजयी उम्मेदवार अर्घाखाँची मालारानी–३ का वडा अध्यक्ष जीवन चौवानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गर्दा रुपन्देहीको सैनामैना नगरपालिकाको रानीबगीयाँमा दुध बोक्ने गाडीले चौवान सवार मोटरसाइकललाई गत मसिर २६ गते ठक्कर दिएको थियो । टाउकोमा गम्भिर चोट लागेपछि उनलाई मंसिर २७ गते भरतपुर मेडिकल कलेज चितवनमा लगेर सघन कक्षमा उपचार गरिएको थियो ।
५५ वर्षीय चौवानको उपचारको क्रममा बिहिबार विहान ४ बजेर ५० मिनेट जाँदा निधन भएको हो ।
नेकपा एमालेको ईलाका कमिटीमा सचिवको जिम्मेवारी सम्हालेका चौवान वि.सं. २०५४ को स्थानीय निकायको निर्वाचनमा खनदह गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०६० सालमा माओवादी प्रवेश गरी २०७३ सालमा उनी पुनः एमालेमा नै फर्किएका थिए । गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा उनी मालारानी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
यसअघि, चौवानको दुर्घटनाको समाचार सुनेर गत मंसिर २६ गते अचेत बनेका उनका ७६ वर्षीय पिता तक बहादुर चौवानको पनि उपचारको क्रममा मंसिर २८ गते निधन भएको थियो । उनको आमाको २ वर्षअघि नै निधन भइसकेको छ ।
मृत्तक चौवानको निधन्रपति एमाले र माओवादी केन्द्रको जिल्ला कमिटीले गहिरो दुःख व्यक्त गरेका छन् ।
मृतक चौवानका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।





























प्रतिक्रिया