काँग्रेसले प्रत्यक्षमा कम सिट जित्दा पनि लाभ पुग्ने यी भाग्यमानी पुरुष उम्मेदवार !

काँग्रेसले प्रत्यक्षमा कम सिट जित्दा पनि लाभ पुग्ने यी भाग्यमानी पुरुष उम्मेदवार !


काठमाडौं, १२ पुस ।

प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम सिट जितेका कारण कांग्रेसको समानुपातिक सूचीमा बसेका धेरैजना पुरुष भाग्यमानी ठहरिएका छन ।

समानुपातिक मत परिमाणअनुसार पाँच दल मात्र समानुपातिकमा स्थान बनाउन सफल भएका छन् । चुनावको मत परिणमअनुसार समानुपातिकमा कुल ११० जना सांसद छनोट हुने छन् ।

समानुपातिकतर्फ सबैभन्दा ठुलो एमालेले ३१, ७३,४९४ मत ल्याउँदै ४१ सिट पाएको छ । प्रत्यक्षमा एमाले भन्दा ५७ स्थान कम सिटमा जित हासिल गरेको नेपाली कांग्रेसले समानुपातिकमा भने एमाले भन्दा एक सिट मात्र कम ल्याएको छ । उसले ३१,२८,३८९ मतका साथ ४० सिट पाएको छ ।

एमालले समानुपातिकबाट जम्मा २ जना पुरुष सांसद बनाउन पाउने छ । निर्वाचन कानुन अनसार कुल जितेको संसदको ३३ प्रतिशत महिला अनिर्वाय हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । प्रत्यक्षमा एमाले सरह जित निकालेको भए कांग्रेसबाट पनि पुरुषहरू संसदमा पुग्ने संभावना रहने थिएन ।

प्रत्यक्षतर्फ एकजना पनि महिला नजिताएको कांग्रेसले जम्मा ६३ सिटमा ३३ प्रतिशत कटाए पनि अरू दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै (१९ जना) पुरुष छनोट गर्न पाउने छ । यद्यपि कांग्रेसले २१ जनाभन्दा धेरै महिला सांसद बनाए पुरुषको संख्या घटाउनुपर्छ ।

यी हुन् प्रत्यक्षमा कम सिट जित्दा फाइदा पुग्ने पुरुष उम्मेदवार
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूची अुनसार कांग्रेसले पठाउने पुरुषतर्फका १९ जनामा ६ जना खस–आर्य कोटाबाट बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् ।

यस्तै आदिवासी जनजाति कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनोट हुनेछन् भने दलितबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् ।

मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् । कांग्रेसको थारु वा मुस्लिम कोटामा पद्यमनारायण चौधरी र अतहर कमालमध्ये एकजना बन्नेछन् भने पिछडिएको क्षेत्रबाट अछामका रामबहादुर विष्ट सांसद बन्ने सम्भावना छ ।

 

Logo