काठमाडौं,१२,पुस
सुकेधारामा रहेको सवारी चालक अनुमतिपत्र कार्यालयले नेपालीकरण (विदेशी लाइसेन्सलाई नेपालमा मान्यता दिने काम) का नाममा लाइसेन्स बिक्री गरेको भेटिएको छ । "/>

नेपालीकरणका नाममा सवारी चालक अनुमतिपत्र बिक्री

नेपालीकरणका नाममा सवारी चालक अनुमतिपत्र बिक्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१२,पुस
सुकेधारामा रहेको सवारी चालक अनुमतिपत्र कार्यालयले नेपालीकरण (विदेशी लाइसेन्सलाई नेपालमा मान्यता दिने काम) का नाममा लाइसेन्स बिक्री गरेको भेटिएको छ । यातायात व्यवस्था विभागले डेढ साता पहिले नेपालीकरण गरिएका लाइसेन्सको फाइल झिकाएर छानबिन गरिरहेका बेला गत साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुकेधारा कार्यालयका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको थियो । यससँगै उक्त कार्यालयले नेपालीकरणका नाममा लाइसेन्स बिक्री गर्ने गरेको पुष्टि भएको छ ।

विदेशी लाइसेन्सको नेपालीकरणमा अनियमितता भएको उजुरीपछि विभागले सुकेधारा कार्यालयलाई प्राथमिकतामा राखेर अन्य सबै कार्यालयबाट नेपालीकरण गरिएको फाइल मगाएर छानबिन सुरु गरेको थियो । त्यही बीचमा अख्तियारले छानबिनमै रहेको एउटा कार्यालयबाट घुस सहित कर्मचारी पक्रिएको विभागले जनाएको छ । विभागले अन्य कार्यालयहरूमा पनि यस्तै अनियमितता भएको हुन सक्ने भन्दै छानबिनलाई तिब्रता दिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । अहिले उपत्यकामा रहेका चारवटै लाइसेन्स कार्यालयबाट नेपालीकरण हुँदै आएको छ । “त्यसरी नेपालीकरण गर्दा सिधै अनियमितता भएको पाएका छौं,” महानिर्देशक भट्टराईले भने, “थप नेपालीकरण गरिएका फाइल विभाग झिकाएर छानबिन गरिरहेकाले दोषी पाइए कानुन अनुसार कारवाही गर्न मिल्नेलाई गर्छौ र नमिल्नेलाई कारवाहीका लागि माथिल्लो निकायलाई सिफारिस गर्छौं ।”
कारोबारबाट

Logo