काठमाडौं,१२,पुस
केही दिन यता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । “पश्चिमी वायुको सामान्य प्रभावले नै आज पश्चिमका एक/दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ, यसको प्रभाव अझै बढ्ने देखिएको छ,” उनले भनिन् ।
आज काठमाडौँ उपत्यका सहित देशका मध्य र पश्चिमी भेगमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रतिकूलकै कारण तराईका केही विमानस्थलबाट काठमाडौं उडान भर्न नसकेको बताइएको छ । काठमाडौँको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि उपत्यका सहितका क्षेत्रमा चिसो बढेको छ । पुसको पहिलो साता काठमाडौँको न्यूनतम तापक्रम घटेर दुई डिग्रि सेल्सियस सम्म पुगेको थियो ।
राजधानीबाट





























प्रतिक्रिया