काठमाडौं, ११, पुस
पार्टी स्थापनासँगै टुटफुट र गुटको शृंखलाबाट गुज्रँदै राजनीतिमा २८ वर्ष पार गरेको राप्रपाको दलीय उपस्थिति अब संघीय संसदमा देखिने छैन । पञ्चायतको खम्बाका रूपमा परिचित ‘राजावादी’ नेताहरूले आफ्नो राजनीतिक अस्तित्व बचाइ राख्न ०४७ सालमा राप्रपा गठन गरेका थिए । पार्टी शीर्षस्थ नेताहरू बीच व्यक्तित्वको टकराव, नेतृत्वका लागि होडबाजी र सत्ता स्वार्थका कारण स्थापनासँगै विभाजनको सिकार बनेको राप्रपा पछिल्लो समय एकताको ६ महिना नपुग्दै फेरि विभाजित भयो । र विभाजित अवस्थामै निर्वाचनमा होमियो । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ २४ र मन्त्रिपरिषद्बाट एक गरी २५ सिट सहित चौथो शक्ति बनेको राप्रपा नेपाल (हालको राप्रपा) ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा थ्रेसहोल्ड सम्म कटाउन सकेन । राप्रपा (प्रजातान्त्रिक) र राप्रपा (राष्ट्रवादी) को हालत पनि उस्तै छ ।
प्रत्यक्षतर्फ झापा ३ बाट विजयी कमल थापा नेतृत्वको राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देनको पनि संसदमा स्वतन्त्र हैसियत मात्रै रहनेछ । निर्वाचनको संघारमा विभाजित पशुपतिशमशेर राणा नेतृत्वको प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रवादीले एक लाख मत पनि कटाउन सकेनन् । अब राप्रपाको भविष्य के होला भनेर प्रश्न पनि उठ्न थालेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया