एमालेबाट निर्वाचित पूर्व वडाअध्यक्षको हत्या, ११ जना पक्राउ

एमालेबाट निर्वाचित पूर्व वडाअध्यक्षको हत्या, ११ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रामेछाप ।

रामेछापमा पूर्ववडाअध्यक्षको हत्या भएको छ । साविकको डडुवा गाविस २ मा २०५४ सालमा वडाअध्यक्ष बनेका बाबुराम तामाङको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।

नेकपा एमालेबाट निर्वाचित तामाङको शव डडुवा १ को लप्सीखोलामा ढुंगाले किचिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राजेन्द्र थापाकाले बताए ।

स्थानीयले तामाङको हत्या गरी गाडेको सूचना दिएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्यामा सम्लग्न भएको आशंकामा स्थानीय ११ जनालाइ पक्राउ गरेको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली पठाइएको छ।

Logo