धर्मको आडमा कालो धन्दा गर्नेहरुको समाचार नेपालमा पनि बन्ने गरेका छन् । भिक्षुको भेषमा हातहतियार लुकाउनेदेखि महिलालाई बलात्कार गर्नेहरु पनि छन्, यहाँ । भारतमा त यस्ता वावाहरु धमाधम प्रहरी खोरमा पुग्दैछन् । नेपालमा भने त्यस्ता बाबा वा भिक्षुहरु खुलमखुला हिँडिरहेका छन् ।
विश्वभर यस्ता पाखण्डीहरुको कमी रहेनछ । प्रसंग हो, बुल्गरियाको । त्यहाँ केही समयअघि एक बाबा पक्राउ परे । सर्जेई किरिएन्को नामका ती बाबा पनि महिलालाई भक्त बनाएर उनीहरुलाई यौनधन्दा चलाउन लगाउने रहेछन् । बाबाले धर्मको आडमा युवतीलाई आफ्नो जालमा पार्ने र उनीहरुलाई यौनधन्दामा संलग्न गराउने गर्थे । उनको सिकार बनेका अधिकांश युवती रशियन थिए ।
आफुलाई भगवानको अवतार बताउँदै उनले युवतीलाई मानसिक शान्ति दिलाउने भन्दै शारीरिक सम्बन्ध बनाउने गर्थे । यसरी यौन सम्बन्ध बनाएको दृश्य उनले भिडियोमा कैद गर्थे । त्यही भिडियो विक्री गरेर उनी पैसा कमाइरहेका थिए । भिडियोकै आधारमा युवतीहरुसँग ब्ल्याकमेलिङ पनि गर्थे ।
धनाड्य व्यक्तिहरुसँग रिलेसन बनाउन लगाएर पनि उनले पैसा असुल गर्थे । उनको यो धन्दा रुस, बेलारुसदेखि साउथ अमेरिकासम्म फैलिएको थियो । यस्तो धन्दाको नेटवर्क भने अनलाइनमार्फत फैलाइन्थ्यो ।






























प्रतिक्रिया