काठमाडौं, ७ पुस ।
गत मंसिर १० र २१ गते भएको पहिलो र दोस्रो चरणको निर्वाचनको समानुपातिक तर्फको सिट संख्या सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २ सय २० सिट तय गरेको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेले प्रदेश सभा तर्फ ७५, नेपाली कांग्रेसले ७२, नेकपा माओवादी केन्द्रले ३५, संघीय फोरमले १३, राजपाले १२, राप्रपाले ३, विवेकशिल साझाले ३, राष्ट्रिय जनमोर्चाले २ सिट जितेका छन्। त्यस्तै अन्य साना पाँच दलले एक एक सिट जितेका छन्।
राष्ट्रिय सभा गठनको गाँठो नखुल्दा प्रतिनिधि सभा तर्फको मतपरिणाम भने आयोगले सार्वजनिक गरेको छैन।





























प्रतिक्रिया