बाजुरा,७,पुस
बाजुराको गौमूल गाउँपालिका वडा ४ मा बुधबार राती स्थानीय बीच झडप हुँदा आठ जना घाइते भएका छन् । झडपमा तीन राउन्ड गोली समेत चलेको थियो । "/>

बाजुरामा गाउँले बीच झडप हुँदा ८ जना घाइते

बाजुरामा गाउँले बीच झडप हुँदा ८ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बाजुरा,७,पुस
बाजुराको गौमूल गाउँपालिका वडा ४ मा बुधबार राती स्थानीय बीच झडप हुँदा आठ जना घाइते भएका छन् । झडपमा तीन राउन्ड गोली समेत चलेको थियो । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका चार जना भिके कामी, देवे कामी, मनकामी र रमेश रोकायालाई जिल्ला अस्पताल मार्तडीले नेपालगञ्ज रिफर गरेको छ । अन्य चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । झपडमा सामान्य घाइते हुनेमा रमेश रोकाया, बिर्के कामी, अशबहादुर कामी र भिके बिक रहेका छन् । घाइतेका अनुसार, आक्रमणकारीले धारिलो हतियार, ढुङ्गा, लाठी प्रहार गरेकका थिए ।

कुटपिटमा संलग्न रहेको आरोपमा गौमूलका भुपाल रोकाया, धिरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकाया, लगायत १७ जना बिरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नरेन्द्र रोकाया सुके रोकायाले सुरुमा भरुवा तीन राउड गोली चलाएको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo