काठमाडौं,६, पुस
पश्चिमी वायुको प्रभावका कारण देशैभर आंशिक बदली भएको छ । उपत्यका सहित पश्चिम तराईमा हलुका वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ । "/>

देशभर मौसममा आंशिक बदलीः आज बेलुका देखि सुधार हुन सक्ने

देशभर मौसममा आंशिक बदलीः आज बेलुका देखि सुधार हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
पश्चिमी वायुको प्रभावका कारण देशैभर आंशिक बदली भएको छ । उपत्यका सहित पश्चिम तराईमा हलुका वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ । मौसम बदलीसँगै भिजिबिलिटी घटेपछि मंगलबार ७० प्रतिशत आन्तरिक उडान प्रभावित भएका थिए ।

मौसममा आएको बदलीका कारण बुधबार र बिहीबारसम्म देशका अधिकांश क्षेत्रमा बादल र हुस्सु लाग्दा घाम नलाग्न सक्ने मौसमविद वरुण पौडेलले बताए । बिहीबार बेलुका देखि भने मौसममा सुधार हुने प्रक्षेपण गरिएको छ । ‘आंशिक बदली हुँदा तराईमा सामान्य वर्षा समेत हुन सक्छ । तर ठूलो पानी भने पर्दैन,’ पौडेलले भने, ‘तर आंशिक बदली हुँदा तापक्रम घट्दा चिसो थप बढ्न सक्छ ।’ यता उपत्यकामा बादल, धुलो–धुवाँसँगै बाक्लो हुस्सु लाग्दा पाँच मिटर मात्र भिजिबिलिटी रहेको विभागले जनाएको छ । हावा चल्ने वा पानी पर्ने भएपछि मात्र आकाश सफा हुने भएको छ । भिजिबिलिटी कम भए पनि हवाई उड्डयन क्षेत्रमा भने असर नगर्ने पौडेलले बताए ।
नयाँ पत्रिकाबाट

Logo