केन्द्रदेखि टोलसम्म संगठनलाई पुनर्जागृत गर्ने एमालेको संकल्प

केन्द्रदेखि टोलसम्म संगठनलाई पुनर्जागृत गर्ने एमालेको संकल्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालाले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र रूपमा अघि बढाउने संकल्प गरेको छ।

कार्यशालाले प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने लक्ष्य लिएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा मत परिवर्तन गरेका मतदातालाई पुनः पार्टीसँग जोडिन आह्वान गरिएको छ।

कार्यशालाले पार्टी संगठनलाई डिजिटल प्रविधिसँग जोड्दै अनलाइन सदस्यता नवीकरण, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग तथा डिजिटल माध्यममार्फत पार्टी गतिविधि विस्तार गर्ने निर्णय गरेको छ। “ठिक समय एमाले समय” नारालाई व्यवहारमा लागू गर्न सबै कार्यक्रम तोकिएको समयमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

त्यस्तै, टोलदेखि केन्द्रसम्म पार्टी संगठनलाई पुनर्जागृत गर्ने, जनसंगठनहरूको पुनर्गठन गर्ने तथा नयाँ पुस्तासँग अन्तरसंवाद बढाउन पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने घोषणा गरिएको छ।

Logo