सहायक इन्सपेक्टरद्वारा पुरुष म्यादी प्रहरीमाथि बलात्कार

सहायक इन्सपेक्टरद्वारा पुरुष म्यादी प्रहरीमाथि बलात्कार

केन्द्रबिन्दु
0
Shares

भोजपुर, ४ पुस ।

भोजपुरमा पुरुष म्यादी प्रहरीमाथि सहायक इन्सपेक्टर बलात्कार गरेको खुलासा भएको छ । रामप्रसादराई गाउँपालिकास्थित मानेभन्ज्याङ्गमा सहायक इन्सपेक्टरले बलात्कार गरेको खुलेकाे हो ।

ड्युटीमा रहेको समयमा मानेभन्ज्याङ्ग प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सहायक इन्सपेक्टर) ४७ वर्षीय रामबाबु यादवले म्यादी प्रहरी हरि बहादुर राना (नाम परिर्वतन)माथि बलात्कार गरेका हुन् ।

ड्युटीमा रहेका म्यादी प्रहरीलाई गत मंसिर २१ गते राति बाथरुममा बम राखेको भनी तर्साएर बलात्कार गरेको पीडितले बताएका छन् । इन्सपेक्टर यादवले ती म्यादी प्रहरीलाई बाथरुममा लगेर बलात्कार गरेको खुलेको हो ।

घटनाकाे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरले यादवलाई जिल्ला कार्यलयमा झिकाइएको डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए ।

 

Logo