काठमाडौं,४,पुस
एक हजार दुई सय मेगावाट उत्पादन क्षमता रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सकिने एक अध्ययनले देखाएको छ। "/>

नेपालकै लगानीले बन्छ बूढीगण्डकी

नेपालकै लगानीले बन्छ बूढीगण्डकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,पुस
एक हजार दुई सय मेगावाट उत्पादन क्षमता रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सकिने एक अध्ययनले देखाएको छ। ‘बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धमा लगानीको खाका तयार गर्न गठित समिति’ को प्रतिवेदनले २ खर्ब ७० अर्ब रुपियाँको स्वदेशी लागतमा आयोजना निर्माण गर्न सकिने देखाएको हो। सरकारको वार्षिक बजेट, सम्झौतित बचत गर्ने संस्थाहरूको लगानी र पेट्रोलियम तथा कार्बनमा लाग्ने कर मार्फत आयोजना लागत जुटाउन सकिने सुझाव समितिले दिएको छ।

गत मंसिर ८ गते बसेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा विशिष्टीकृत कार्यान्वयन एकाइ स्थापना गरी अगाडि बढाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सोमबार समितिले आयोजनालाई स्वदेशी लगानीमा विकास र निर्माण गर्न लगानीका स्रोतहरूको पहिचान तथा आयोजना विकास र निर्माण गर्ने खाका ऊर्जामन्त्री कमल थापालाई बुझाएको हो। ८ वर्ष भित्र निर्माण सम्पन्न गरिने राष्ट्रिय गौरवको आयोजनालाई प्राधिकरण मार्फत इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्याक्ट विथ फाइनान्स (ईपीसीएफ) मोडलमा निर्माणको सुझाव समितिले सरकारलाई दिएको हो। यसअघि आयोजना निर्माणका लागि तोकिएको ईपीसीएफ मोडलका विषयमा विस्तृत अध्ययन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउन मन्त्रिपरिषद्ले समिति गठन गरेको थियो। उक्त समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थसचिव, ऊर्जासचिव, ऊर्जा मन्त्रालय नीति महाशाखा प्रमुख, नेपाल राष्ट्र बैंकका गभर्नर, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहेका छन् ।

नेपाल समाचारपत्रबाट

Logo