विराटनगर,४,पुस

मंसिर पहिलो साताबाट बेपत्ता भएका क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरका लेखापाल कुलबहादुर थापा अझै सम्पर्क विहीन रहेको उनको परिवारले जनाएको छ। "/>

२४ दिन देखि हुलाकका लेखापाल सम्पर्क विहीन

२४ दिन देखि हुलाकका लेखापाल सम्पर्क विहीन

केन्द्रबिन्दु
0
Shares

विराटनगर,४,पुस

मंसिर पहिलो साताबाट बेपत्ता भएका क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरका लेखापाल कुलबहादुर थापा अझै सम्पर्क विहीन रहेको उनको परिवारले जनाएको छ। कार्यालयको कामको सिलसिलामा उदयपुर र सप्तरी पुगेर फर्कने क्रममा सुनसरीको भण्टाबारीबाट थापा सम्पर्कविहीन भएको हुलाकले जनाएको छ। थापाको खोजीका लागि हुलाक विभागलाई समेत जानकारी गराइसकिएको क्षेत्रीय निर्देशनालयले जनाएको छ। कार्यालयको कामका लागि शाखा अधिकृत रामप्रसाद नेपाल र लेखापाल थापा मंसिर ६ गते विराटनगरबाट हिंडेका थिए। नेपाल मंसिर ८ गते राति विराटनगर फर्किए पनि थापा भने भण्टाबारीमै बसेका थिए। उदयपुर र सप्तरीको काम सकेर दुबै जना राजविराजबाट एउटै गाडीमा विराटनगर फर्किएका थिए । भण्टाबारी आईपुगेपछि थापा त्यहीं ओर्लिएको नेपालले बताए। ‘म भण्टाबारीमै बस्ने भएकाले तपाई विराटनगर जानु भनेर उहाँ गाडीबाट ओर्लनु भयो, शाखा अधिकृत नेपालले भने, ‘मैले विराटनगर जाउँ भनेर कर गर्दा पनि उहाँले मान्नु भएन।

लेखापाल थापा राति भण्टाबारीको नारायणी होटेलमा बसेको प्रहरीले पत्ता लगाएको छ। होटेल संचालकले पनि विहान उठेर विदा मागेर हिंडेपछि होटेलमा फर्किएर नआएको जवाफ दिएको पारिवारिक स्रोतले बतायो। विहान उठेर कुलबहादुरको पहिलो फोन सम्पर्क पत्नी रेवता थापा र शाखा अधिकृत नेपालसंगै भएको प्रहरीले जनाएको छ। मंसिर ९ गते विहान ७ बजेर ६ मिनेट जाँदा कुरा गरेपछि पतिको मोवाइल अफ भएको र त्यहाँबाट सम्पर्क हुन नसकेको रेवताले बताइन। उनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पतिको खोजीका लागि पहल गरिदिन आग्रह गरिन्।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo