२० मंसिर २०७८ सोमबार

0 Shares

बिग्रिएको वीर अस्पतालको विकिरणयुक्त मेसिन नष्ट गर्न क्यानडा लगिदैं

काठमाडौं । क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ ।

तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन भएका कारण क्यानडा पठाउन लागिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

उनका अनुसार सो मेसिनको सट्टा नयाँ टोमोथेरापी मेसिन जडान गर्न लागिएको छ । रेडियोथेरापी मेसिन नष्ट गर्ने उपाय र स्थान अभाव भएका कारण क्यानडाका उत्पादकलाई फिर्ता पठाउन लागिएको हो ।

सो मेसिनको विकिरणयुक्त पुर्जा लैजानको लागि क्यानडाबाट विशेष खालको कन्टेनर वीर अस्पताल आइसकेको छ । मेसिनमा रहेको विकिरणयुक्त पुर्जा सुरक्षित रुपमा निकाल्नको लागि प्राविधिक टोली पनि नेपाल आइसकेको छ ।

प्रकाशित: २९ माघ २०७५ ०८:०९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी