विराटनगर, पुस ३ : मतदाताको जनजीविकाकाे मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद भने प्रादेशिक राजधानी आफू अनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् । "/>

प्रदेश राजधानीको विवाद पूर्वमा पनि देखियाे

प्रदेश राजधानीको विवाद पूर्वमा पनि देखियाे

केन्द्रबिन्दु
0
Shares

विराटनगर, पुस ३ : मतदाताको जनजीविकाकाे मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद भने प्रादेशिक राजधानी आफू अनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भन्ने विवाद छ । यसै विषयलाई लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसदको भूमिका अग्रणी छ ।

प्रदेश राजधानी बनाउनु पर्ने माग राखेर मोरङको विराटनगर र गोठगाउँ, सुनसरीको इटहरी र धनकुटामा अहिले दिनहुँ प्रदर्शन भइरहेका छन् । ती सबै प्रदर्शनमा साँसदहरू सहभागी भएर चर्का भाषण गरिरहेका छन् ।

एमालेबाट मुख्यमन्त्री दाबी गरिरहेका जीवन घिमिरे, कांग्रेसका केदार कार्की र संघीय समाजवादी फोरम नेपालका जयराम यादवले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई भेटेर विराटनगरलाई राजधानी बनाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । यी तीनै जना प्रदेशसभातर्फ मोरङबाट विजयी सांसद हुन् । प्रजिअ आचार्य मार्फत मोरङका सांसदले सरकारलाई बुझाएको ज्ञापनपत्रमा प्रदेश नम्बर १ को राजधानी बनाउन सबै भन्दा उपयुक्त स्थान विराटनगर भएको जिकिर गरिएको छ ।
नागरिकबाट

Logo