एस.के.वैश्य
काठमाडाैं, पुस २ : सवा ३ करोड ठगी गरी ९ महिनादेखि फरार रहँदै आएकी सुनिता बिष्ट(खड्का) र सुरज विष्टलार्ई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।
साविककाे काठमाण्डौं विष्णु गाविस वडा नं. ५ घर भई हाल किर्तिपुर वडा.न १८ बस्ने ३७ वर्षिया सुरज र साविक काठमाण्डौं विष्णु गाविस वडा नं.४ बस्ने ३६ वर्षिय सुनितालाई सिअाइबीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी सिअाइबीले ललितपुर जिल्ला अदालतमा पेश गरेकाे छ । अदालतको आदेशले कैद भुक्तानको लागि सुरजलाई नख्खु कारागारमा पठाइएको छ भने सुनितालाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएको सिअाइबीले जनाएको छ ।
उनीहरुले ३ करोड २६ लाख ६६ हजार ७ सय ९० रुपैयाँ ठगी गरेर फरार रहँदै आएको सिआइबीका प्रहरी उपरिक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए । श्रेष्ठले ललितपुर जिल्ला अदालतले वि.सं.२०७३ चैत्र ११ गते उनीहरु ठगी गरेको फैसला सुनाएको बताएका थिए ।
उनीहरु विरुद्ध १ वर्ष कैद र ६७ लाख १६ हजार ६ सय ३१ रुपैयाँ ७५ पैसा जरिवानासहित अदालतले फैसला गरेको थियो ।
उनीहरु दुईवटा सहकारी संस्था बाग्मती सहकारी संस्था र मञ्जुश्री सहकारी संस्थालाई मर्ज गरेको भनी २०८ जना सर्वसाधारणबाट रकम जम्मा गर्न लगाएर ठगी गरेर सम्पर्क बिहिन भएका थिए ।





























प्रतिक्रिया