एस.के.वैश्य
काठमाडौं : चोरी गर्न काठमाडाैं आएका एक नेपालीसहित ६ भारतीय नागरिकको गिरहोलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई सिनामंगलबाट पक्राउ गरेको हो । उनीहरुकाे साथबाट केही इेलेक्ट्रोनिक्स सामान लगायतका चोरी गरेका सामानहरु बरामद गरेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए ।
पक्राउ पर्नेमा बाराका राजकुमार अधिकारीका साथै भारत बिहार घर भएका दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार र विकास पोदार रहेका छन् ।
उनीहरुलाई शनिबार महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे। उनीहरु चोरी गर्ने उद्देश्यले नै नेपाल आएको अनुुसन्धानका क्रममा पत्ता लगेको महाशाखाका एसएसपी लोहनीले बताए ।
फुटपाट तथा सडकमा प्लास्टिकका वस्तु टिप्ने बहानाले विभिन्न घरमा गएर निगरानी गर्ने तथा अवस्था अनुसार पायक पर्ने समयमा त्यही घरमा चोरी गर्ने महाशाखाले जनाएको छ । उनीहरु विरुद्ध थप अनुसन्धान गर्नको लागि काठमाडाैं जिल्ला अदालतमा पेश गरिएकाे महाशाखाले जनाएको छ ।





























प्रतिक्रिया