काठमाडौं,पुस,२
नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्दै आफैंले बनाएको नियमलाई पालना नगरे ठिक नहुने चेतावनी दिएका छन् । "/>

एमाले नेता माधव नेपालले दिए कांग्रेसलाई यस्तो चेतावनी

एमाले नेता माधव नेपालले दिए कांग्रेसलाई यस्तो चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,पुस,२
नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्दै आफैंले बनाएको नियमलाई पालना नगरे ठिक नहुने चेतावनी दिएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत पेप्सीकोला टाउन प्लानिङमा विजय जुलुसपछि आयोजित सभामा नेता नेपालले संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेको परिस्थितिलाई गन्जागोल नबनाई आफैंले बनाएको नियमलाई पालना गर्न काँग्रेसलाई आग्रह गरेका हुन् ।

जनताले दिएको साथको सम्मान गरी काँग्रेसले जनमतको कदर गर्नु आवश्यक रहेको बताउँदै काँग्रेसले प्रतिपक्षमा रही रचनात्मक सहयोग गरेमा आफूहरुले उसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने नेपालले प्रष्ट समेत पारे । वामपन्थी शक्तिको अग्निपरीक्षा शुरु भएको बताउँदै उनले ढिलासुस्ती र काम नगर्ने प्रवृत्तिको अन्त्य गरी सुशासनको प्रत्याभूति दिने गरी गठबन्धनको नेतृत्वमा बन्ने सरकारले काम गर्ने विश्वास दिलाए ।
हिमालय टाइम्सबाट

Logo