भक्तपुर ,पुस,२
नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको परिणाम आईसकेकाले अब कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताए ।
ओलीले राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश राष्ट्रपति समक्ष लगेको बताउदै सो अध्यादेशका बारेमा एमालेलाई थाहा नभएको उल्लेख गरे ।गैरसंवैधानिक अध्यादेश पारित गर्न नहुने बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर कांग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाए । कांग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्न खोजेको बताउँदै अध्यक्ष ओलीले नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको प्रष्ट पारेका छन् ।
निर्वाचन आयोगले पनि कानुन अनुसार काम गर्नु पर्नेमा जोड दिंदै उनले आयोग संविधान र कानुन अनुसार चल्नुपर्ने बताए । प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेको प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले सहज रुपमा सत्ता हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया