चिसो बढेपछि मनाङका सम्पुर्ण विद्यालय बन्द

चिसो बढेपछि मनाङका सम्पुर्ण विद्यालय बन्द

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता

पुष १, मनाङ । हिमाली जिल्लाको रुपमा रहेको मनाङ जिल्लाका सबै विद्यालय बन्द भएका छन् । अत्यधिक जाडो बढ्न थालेपछि यहाँका सबै विद्यालय बन्द भएका हुन् । १३ गाविस रहेको यस जिल्लामा सबै विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालय मनाङले जानकारी दिएको छ ।

यहाँका सबै विद्यालयले वार्षिक परीक्षा सकाएर विद्यालय बन्द गरेका हुन् । माथिल्लो मनाङको मनाङ, खाङसर, टङ्की मनाङ, ङावल, घ्यारु, पिसाङ र भ्राका गाविस, नार, फू उपत्यकाका विद्यालय र तल्लो मनाङको सदरमुकाम चामेसहित धारापानी, ताचै बगरछाप र थोचे गाविसका सबै विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालय मनाङले जनाएको छ । ‘पुस १० गतेसम्म विद्यालय सञ्चालन गर्नुपर्ने हो, तर जाडोले बस्नै नसकेपछि यहाँका विद्यालय बन्द गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

मनाङका सबै विद्यालयले मङ्सिर २४ गते परीक्षा सकेर विद्यालय बन्द गरेका हुन् । नार र फू उपत्यकासहित माथिल्लो मनाङका सबै विद्यालयले झन्डै ७० दिनभन्दा लामो समय बिदा गर्ने गरेका छन् तर शिक्षा नियमावलीमा बढीमा ५० दिन जाडो बिदा मात्र दिने उल्लेख गरिएको छ । तर यस वर्ष भूकम्पका कारण एक महिना बन्द रहेका विद्यालय फेरि लामो समय बिदा गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । अधिकांश समय हिउँ जम्ने भएकाले माथिल्लो मनाङका केही विद्यालयमा मुस्किलले ६ महिना मात्रै पढाइ हुने गर्छ ।

शिक्षकहरु टाढाटाढाबाट आउने तथा जाने गर्नुपर्ने भएकाले मनाङको पढाइ अन्य समयमा पनि प्रभावित हुँदै आएको छ । सिङ्गो जिल्लाभरि १३ गाविस रहेको मनाङमा दुई उच्च माध्यमिक विद्यालय, दुई माध्यमिक विद्यालय, सात निमावि, १४ प्रावि र एक निजी गरी २६ वटा विद्यालय छन् ।

Skip This
Skip This
Logo