मसानघाटमा चिता अघि किन नाच्छन् यौनकर्मी ?

मसानघाटमा चिता अघि किन नाच्छन् यौनकर्मी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९ मंसिर ।

यो प्रसंग हो काशी, भारतको । काशीको मसानघाटमा चिताको आगो कहिल्यै निभ्दैन ।

यही काशीको मणिकर्णिका घाटमा बसनी अनौठो दृश्य देख्न पाइन्छ । त्यस रात एकातिर चिता जलिरहेको हुन्छ, अर्कोतिर युवतीहरु चर्को संगीतमा कम्मर मर्काइरहेका हुन्छन् । यी नर्तकीहरु बदनाम गल्लीका नगरबधु हुन् ।

अरु काशीको मर्णिकर्णिका घाटमा मृत्युपछि मोक्ष प्राप्त गर्न आउँछन्, तर यी नगरबधुहरु जीउँदै मोक्ष हासिल गर्न आउँछन् । त्यो मोक्ष, जसले उनीहरुलाई अर्को जन्ममा नगरबधु बन्नुपर्ने छैन । उनीहरुलाई विश्वास छ, त्यो रात घाटमा नाच्दा अर्को जन्ममा नगरबधुको कलंक झेल्नुपर्ने छैन ।

चैत्र नवरात्रको आठौं दिनमा उनीहरु यसरी घाटमा नाच्न आइपुग्छन् । शहरभरका नगरबधुहरु भेला भएर त्यहाँको शिव मन्दिर अघिल्तिर नाच्छन् । यो परम्पराको थालनी कसरी भयो रु

श्मशानको सन्नाटाबीच नगरबधुले नृत्य गर्ने परम्परा सयौं वर्ष पुरानो हो । के मान्यता छ भने, आजभन्दा सर्यौ वर्ष पहिला राजा मानसिंहद्वारा बनाएको बाबा मशान नाथको दरबारमा कार्यक्रम गर्न त्यस समयका चल्तीका नर्तकी र कलाकार बोलाइएको थियो । तर, मन्दिर श्मशान घाटको बीचमा थियो । सबै कलाकारले उक्त स्थानमा कला देखाउन अस्वीकार गरे ।

अन्ततः उक्त स्थानमा नृत्य गर्ने कोही नभएपछि त्यस शहरका बदनाम गल्लीका नगरबधुलाई मन्दिरमा नृत्य गर्न बोलाइयो । त्यही समयदेखि उनीहरुले यो परम्परालाई निरन्तरता दिएका छन् । ९एजेन्सीको सहयोगमा०

 

 

Logo