बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, चालक गम्भिर

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, चालक गम्भिर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

मोरङ, २९ मंसिर । मोरङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । सुन्दर हरैँचा नगरपालिका ७ मा गएराती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । पूर्व पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान ल्यादैै गरेको मे १ च १२९५ नम्बरको एम्बुलेन्स आँफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गएराती सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका ६ बस्ने ३० बर्षिय सुनिल राई गम्भीर घाईते भएका छन् । त्यस्तै एम्बुलेन्स सवारा सोही ठाउँका २१ बर्षिय शिशिर शेर्मा लिम्बु, ३४ बर्षिया प्रमिला कार्की, ३० बर्षिया रमिला लिम्बु र ३६ बर्षिय नेपाल खड्का भने सामान्य घाईते भएका छन् ।

घाईतेहरुको उपचारकालागी धरानस्थित घोपा क्याम्पमा भईरहेको प्रहरीले जनाएको छ ।

Logo