काठमाडौं, २९ मङ्सिर । नेपाल टेलिभिजनले बिभिन्न पदमा ३७ जना कर्मचारी माग गरेको छ । "/>

नेपाल टेलिभिजनले माग्यो ३७ जना कर्मचारी

नेपाल टेलिभिजनले माग्यो ३७ जना कर्मचारी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता  ।

काठमाडौं, २९ मङ्सिर । नेपाल टेलिभिजनले बिभिन्न पदमा ३७ जना कर्मचारी माग गरेको छ । टेलिभिजनले ईन्जिनियर (सिभिल) ७ जना, समाचार सम्पादक ६ जना , दृश्य संग्रालय अधिकृत ६ जना र बरिष्ठ सहायक प्राविधिक ५ जना माग गरेको छ । त्यसैगरी वरिष्ठ सहायक ध्वनि नियन्त्रक ५ जना, सहायक प्रशासनमा ४ जना र सहायक लेखामा ४ जना गरि ३७ जना माग गरेको हो ।

ईन्जिनियरमा आबेदन दिन चाहने व्यक्तीले मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ विषयमा स्नातक तह (बी.ई)उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यसै गरि समाचार सम्पादक मा आबेदन दिन चाहनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट पत्रकारिता विषयमा स्नातक तह उतिर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उतीर्ण गरी विद्युतिय संचार माध्यममा समाचार सम्पाद अथवा रिपोर्टिङ सम्बन्धि काममा कम्तिमा ३ बर्षको अनुभव प्राप्त गरेको हुने पर्ने छ । त्यसैगरि दृश्य संग्रालय अधिकृतमा आबेदन दिन चाहने व्यक्तीले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा स्नातक वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सो सरह उतीर्ण गरी रजिष्टर्ड संस्थाबाट कम्तिमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त गरेको हनु पर्नेछ ।

त्यसै गरी बरिष्ठ सहायक प्राविधिकमा आबेदन दिन चाहने व्यक्तीले मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियो एण्ड इलोेक्ट्रोनिक्स वा इलोक्ट्रोनिक्स विषय लिई ईन्जिनियरिङमा प्रमाण पत्र तह उतीर्ण गरेको हुुनु पर्छ । वरिष्ठ सहायक ध्वनि नियन्त्रकमा आबेदन दिन चाहने व्यक्तीले त्यसैगरी मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियो एण्ड इलोेक्ट्रोनिक्स वा इलोक्ट्रोनिक्स विषय लिई ईन्जिनियरिङमा प्रमाण पत्र तह उतीर्ण गरेको हुुनु पर्ने वा मान्यता प्राप्त शिक्षण संस्थाबाट भौैतिकशास्त्र विषय लिई विज्ञानमा प्रमाणपत्र तह उतीर्ण गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा ३ महिनाको तालिम समेत प्राप्त गरेको हुनु पर्नेछ ।

त्यसैगरी सहायक प्रशासन तथा सहायक लेखा पदमा आबेदन दिन चाहनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उतीर्ण गरेको हुनु पर्नेछ । थप जानकारीको लागि नेपाल टेलिभिजनको वेबसाइट www.ntv.gov.np  मा हेर्न सकिन्छ ।

Logo