काठमाडौं,२९, मंशिर

निर्वाचन सकिएसँगै भूकम्पपीडितलाई घर बनाउने चटारो बढेको छ । निर्वाचनका कारण केही समय सुस्त भए पनि अब भने त्यसले गति लिन थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । "/>

निर्वाचन सकिएसँगै भूकम्पपीडितलाई घर बनाउने चटारो

निर्वाचन सकिएसँगै भूकम्पपीडितलाई घर बनाउने चटारो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२९, मंशिर

निर्वाचन सकिएसँगै भूकम्पपीडितलाई घर बनाउने चटारो बढेको छ । निर्वाचनका कारण केही समय सुस्त भए पनि अब भने त्यसले गति लिन थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । मङ्सिर २७ गते सम्मको तथ्याङ्क अनुसार एक लाख ४८३ लाभग्राहीले निजी आवास पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता बुझिसकेका छन् । यो तथ्याङ्कले पनि निजी आवास निर्माणको गति बढेको प्राधिकरणको दाबी छ । प्राधिकरणले गत साउन महिना सम्ममा अनुदान लिने लाभग्राहीले आगामी पुस मसान्त सम्म तोकिएको तह सम्मको घर निर्माण गरी दोस्रो किस्ता लिइ सक्नु पर्ने समय सीमा तोकिएका कारण पनि निजी आवास निर्माणको कार्य बढेको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताए । उनले भने– ‘दसैँ, तिहार लगायतका चाडपर्व र कृषि उत्पादन भित्र्याउने चटारो सकिए लगत्तै घर पुनःनिर्माणले गति लिन थालेको हो । ’

प्राधिकरणले पुस मसान्त भित्र दोस्रो किस्ता र ०७५ जेठ भित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ । त्यस्तै ०७४ कात्तिक भित्र पहिलो किस्ता लिएका लाभग्राहीले ०७४ चैत भित्र दोस्रो किस्ता र ०७५ असार मसान्त भित्र तेस्रो किस्ता लिइ सक्नु पर्नेछ ।
गोरखापत्रबाट

Logo